
काठमाडौं । काठमाडौंको सतुंगलस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा आगलागी भएको छ ।
विभिन्न सामानहरु राखिएको सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा आगलागी भएको हो ।
नेपाल प्रहरीको काठमाडौं परिसरका अनुसार लत्ताकपडालगायतका सामाग्री रहेको गोदाममा आगो लागेको हो ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र चार वटा दमकल परिचालन गरिएको छ । गोदाममा सशस्त्र प्रहरीले प्रयोग गर्ने जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामग्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
आगलागीको कारण स्पष्ट नभए पनि विद्यतुत सर्ट भएर आगो लागेको हुनसक्ने सशस्त्र प्रहरीको भनाइ छ । आगलागीबाट भएको क्षतिको पनि कुनै विवरण आएको छैन ।






प्रतिक्रिया दिनुहोस्