
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक मंगलबार सूचना टाँसेर स्थगित गरिएको छ ।
सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउनु पर्ने मागबाट कांग्रेस पछि नहटेपछि बैठक सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
यसअघि मंगलबार बिहान बसेको बैठक कांग्रेस सांसदहरूले अवरोध गरेर अघि बढ्न नदिएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
बैठक स्थगित गरी भएको वार्तामा कुनै सहमति जुट्न नसकेपछि संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँसेर बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाउ दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्