
काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभएको छ ।
केन्द्रमा भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले पदबाट राजीनामा दिनु भएको थियो । कँडेलेको शपथग्रहण बुधबार दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्