
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संमणणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले आफैले प्राथमिकतामा राखेका छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न समेत गर्नुभयो ।
अध्यक्ष साहले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री बन्ने क्रममा संक्रमणकालिन न्याय सम्बन्धि विधेयक र संवैधानिक परिषद् लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताएपनि सो अनुसार काम हुन नसकेको बताउनुभयो । उहाँले विषय विज्ञहरुलाई सांसदको स्वकिय सचिव नदिएकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।
अध्यक्ष साहले सांसदहरुले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव र विशेष प्रस्तावलाई समेत संसदले महत्व नदिएको गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्