
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आरोप लगाइरहेको बताउनुभएको छ ।
बुधबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
सञ्चारमन्त्री शर्माले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताउनुभयो । उहाँले कांग्रेसले शुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रस्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको बताउनुभयो । उहाँले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्नेकुरामा सरकार सकारात्मक रहेको बताउनुभयो ।
मन्त्री शर्माले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको पनि बताउनुभयो । उहाँले अनलाइन मिडिया आइसके, न्यु मिडियाहरु आइसकेको अवस्थामा सबैलाई प्रोत्साहित गर्नका लागि पनि मिडिया काउन्सिलको आवश्यकता भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले पत्रकारिता गर्नेकुरा चुनौतिपूर्ण रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्