
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्रको अवसरमा सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले बुधबार एक विज्ञप्ति सार्वजनिक गदै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।
विज्ञप्तिमा चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्