
सुशिल गैरे
कपिलवस्तु । नागरिक र प्रहरीबीच सम्बन्ध स्थापित गर्न कपिलवस्तु प्रहरीले गाउँ टोलमै पुगेर नागरिकका समस्या सुन्ने अभियान सुरु गरेको छ । प्रहरी र नागरिकबीचको असमझदाारितालाई हटाउन प्रहरीले गाउँ टोलमै पुगेर नागरिकका सुझाव सल्लाह रचनात्मक रुपमा लिई रहेको छ ।
नागरिक र प्रहरीबीचको सम्बन्ध स्थापित गर्न इलाका प्रहरी कार्यालय गोरुसिंगेले नागरिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । प्रहरी कार्यालयको सेवामा आम नागरिकलाई जानकारी गराउन ईलाका प्रहरी कार्यालय गोरुसिंगे क्षेत्र भित्रका विभिन्न गाउँ र टोल टोलमा पुगेर नागरिक सुनुवाई कार्यक्रम गरेको हो ।
नेपाल प्रहरीले नागरिक र स्थानीय समुदायसँग साझेदारी गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँमै आएर प्रहरीले आम नागरिकका समस्या सुन्ने र त्यसलाई सकारात्मक रुपमा सम्बोधन गर्दा प्रहरी पनि आफ्नै साथि भएको महसुस गरेको स्थानीयहरु बताउछन् ।
प्रहरीले बढ्दो सवारी दुर्घटना कम गर्नका लागि ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा अधिकांशले जोड दिएका थिए । प्रहरी समयमा घटना स्थलमा पुग्न नसक्ने र प्रयाप्त श्रोत साधनको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सेवाग्राही र सेवा प्रदायकबीचको असमझदारितालाई हटाई सुशासन पारदर्शिता, जवाफ देहिता र जिम्मेवारीको वोध गराउन नागरिक सुनुवाई कार्यक्रम प्रभावकारी भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनुभयो ।
प्रमुख इलाका प्रहरी कार्यालय गोरुसिंगे प्रहरीले ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्दै नागरिक सम्बन्ध सुमधुर राख्न सके समाजमा शान्ति सुरक्षाको अवस्था बलियो हुने सरोकारवालाहरूको विश्वास रहेको छ । जसले अहिले समाजमा बढ्दै गएका हत्या, हिंसाका घटना पनि कम हुँदै जाने अपेक्षा पनि लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्