
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
८६ सदस्यीय प्रदेश सभामा महराले ४८ मत प्राप्त गर्नुभएको हो ।
शुक्रबार मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका १ जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन पाउनुभएको हो ।
महरा २३ चैतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्