
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ढकालले सरकारले गुणस्तरलाई कायम गर्न नसक्ने तर मेडिकल कलेज थप खोल्न नपाउने कुरा उचित नहुने बताउनुभयो । उहाँले मेडिकल कलेजहरुलाई राज्यले नियमन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई नियमन र अनुगमन राम्रोसँग गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय धेरै नेपालीहरु विदेश गएको भन्दै नेपालमा नै गुणस्तर शिक्षा दिएर सीपयुक्त जनशक्ति बाहिर पठाउने वातावरण राज्यले बनाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष ढकालले नर्स पढेर नेपालमा १५ हजारको तलबमा काम गर्नुपर्ने तर विदेशमा त्यो भन्दा धेरै पाउने भएपछि नेपालमा त्यो जनशक्ति नबस्ने बताउनुभयो । उहाँले मेडिकल शिक्षा अध्ययनको लागि नेपालमा आउने विदेशी विद्यार्थीलाई तोकेर नै यति लाख मात्रै रकम लिनु भन्न नहुने बताउनुभयो । अध्यक्ष ढकालले निजी क्षेत्रले फाइदा मात्रै खोज्छन् उत्तरदायित्व पुरा गर्दैनन् भन्ने सोच राख्नु गलत हुने बताउनुभयो । उहाँले निजी क्षेत्रको कुनै एक व्यक्ति वा संस्थाले गरेको गलत कामलाई लिएर समग्र निजी क्षेत्रलाई गलत भन्ने प्रवृत्ति पनि गलत भएको बताउनुभयो ।
अध्यक्ष ढकालले एक जना व्यवसायीले राम्रोसँग एउटा नचलाएको मेडिकल कलेजको पूर्वाधार कारणबाट निजी क्षेत्रको लगानी नै नियन्त्रण गराउनु राम्रो नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्