१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन


117
Shares

काठमाडौं । वरिष्ठ पत्रकार एवम् लेखक अखण्ड भण्डारीको उपन्यास एक समारोहकाबीच विमोचन गरिएको छ ।

उपन्यासको लेखककी आमा, सासुआमा र गुरुआमाले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रममा लेखक भण्डारीले समाजमा देखिएका विकृति विसंगतिबारे सत्य घटनामा आधारिक विषयवस्तु समेटिएको उल्लेख गर्नुभयो ।

भण्डारीले उपन्यास समाजका घटनाक्रममा केन्द्रित रहेको प्रतिक्रिया दिनुभयो ।

समारोहमा साहित्य एवं पत्रकारिता क्षेत्रका क्षेत्रका अग्रजहरुको सहभागिता रहेको थियो । लेखन र सम्पादनमा कलमजिबी मानिने वरिष्ठ लेखक भण्डारीको कृति समाचारको भाषा र प्रवासी पीडाको उपन्यास मलाया एक्सप्रेस निकै नै चर्चित छ । भण्डारीको यो दोश्रो उपन्यास हो ।