
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको आधार तयार पार्नका लागि सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभुत शर्त भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले समाजवादको निम्ति समाजको संस्कृति निर्माणका पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशिल समुदायले योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले अग्रभागमा रहेर विशाल राष्ट्रिय जागरण पैदा गर्न सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्ने पनि बताउनुभयो । उहाँले सांस्कृतिक नीति, पूर्वाधार, साधन श्रोत, संस्था र कलाकारहरुको प्रोत्साहन लगायतका विषयमा सांस्कृतिक प्रतिष्ठानद्वारा राखिएका विषय र प्रश्तुतीहरमा विशेष ध्यान गएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सांस्कृतिक संस्थानको आवश्यकतालाई मध्यनजर गरी सरकारले अहिलेको नीति, कार्यक्रम र बजेटमा तपाईहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्