
एजेन्सी । इजरायलमा आक्रमण गर्ने इरानको घोषणालगत्तै इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ ।
दर्जनौ संख्यामा प्रहार गरेको मिसाइल र ड्रोन आक्रमणले इजरायलमा मानवीय क्षति भने भएको छैन । आक्रमणबाट इजरायलका केही आवासीय भवनहरु ध्वस्त भएका छन् । इजरायलले गत अप्रिल १ मा सिरियामा गरेको आक्रमणको बदला स्वरुप इरानले इजरायलमा आक्रमण गरेको हो ।
सिरियामा इजरायली आक्रमणमा दुई जनरलसहित सात रिभोलुसनरी गार्ड, ६ जना सिरियाली नागरिक गरी १५ जनाको मृत्यु भएपछि इजरायल र हमास युद्धमा मध्यस्थकर्ताको भुमिका निर्वाह गर्दै आएको इरानले आक्रमण गरेको हो ।
यसैबीच इजरायलले भने इरानको आक्रमणको खुलेर सामना गर्ने धम्की दिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको कुनै पनि आक्रमणको डटेर सामना गर्ने भन्दै आफना सैनिकहरुलाई हमास र इरानसँग एकसाथ आक्रमण गर्न निदेर्शन दिनुभएको छ ।
प्रधानमन्त्री नेतान्याहुले मन्त्रीपरिषदको बैठक आव्हन गरी इजरयाली डिफेन्स फोर्सलाई इरानी आक्रमणको सामना गर्न तयारी अवस्थामा राख्नुभएको छ । इरानी आक्रमणलगत्तै इजरायल, लेवनान र इराकले आफनो देशको हवाई क्षेत्र बन्द गरेको छ भने सिरिया र जोर्डनले भने हवाई सुरक्षा सतर्कता अपनाएको छ ।
प्रतिक्रिया दिनुहोस्