२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते


624
Shares

धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

धादिङको निलकण्ठ नगरपालिका ५ खान्टेको पतेनीबाट पतेनी बेसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ९ जनाको स्थानीयले उद्धार गरेका छन् भने प्रहरी र एम्बुलेन्स घटनस्थल तर्फ जाँदै गरेको बताइएको छ ।