१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु


2.015k
Shares

पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा एक महिला र वडा नं. ७ राम्जा देउरालीमा एक शिक्षकको मृत्यु भएको हो ।

घरको पिढीमा बसिरहेको बेला ५८ वर्षिया प्रेम कुमारी शाही र राम्जा देउरालीस्थित स्थानीय जीवनज्योती प्राथमिक विद्यालयका बहालवाला शिक्षक ५७ वर्षिय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको हो ।

शनिवार साँझ साढे ६ बजेको समयमा आफ्नै घरको पिढिमा चट्याङ लागेर अचेत बनेका तिमिल्सनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हावाहुरी र वर्षा भइरहेका बेला तिमिल्सिना भैसी दुहुनका लागि गोठमा जान पिढीमा निस्किदा एक्कासी चट्याङ लागेको थियो ।

त्यसैगरी चट्याङ लागेर घाइते भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याइएकी शाहीलाई पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक अविनाशदिप केसीले जानकारी दिनुभयो ।

शनिवार साँझ परेको वर्षासँगैको असिनाले पनि पर्वतको मोदी गाउँपालिकामा ठुलो नोक्सानी पु¥याएको छ । सुन्तलाको पकेट क्षेत्र रहेको वडा नं. २ देउपुरमा भर्खरै फल लाग्न थालेको सुन्तला झारेर नष्ट गरिदिएको स्थानीय प्रकाश चापागाइँले जानकारी दिनुभयो ।