
काठमाडौं । भक्तपुरमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न भएको छ । यस वर्ष २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् ।
यसअघि नौ पटकसम्म जिब्रो छेडाएका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कनिष्ठ पुत्र सुजनले गत वर्ष पनि जिब्रो छेडाएका थिए । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास पाइन्छ ।
मध्यपुर ठिमी– २ स्थित गणेशको मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ । जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्