१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेकपा एमालेको संसदीय दलको बैठक बस्दै


624
Shares

काठमाडो । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै सांसदका काम कारवाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने भन्ने बारेमा र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने जनाइएको छ ।