२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एसिसि प्रिमियर कप : नेपाल र हङकङ भिड्दै


2.405k
Shares

काठमाडौं । एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र हङकङबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश बीचको खेल सोमबार बिहान पौने १२ बजेबाट शुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै नेपाल लगातार तेस्रो खेल पनि जित्ने दाउमा छ भने हङकङ पनि आजको खेलमा जित निकाल्दै सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छ ।

यसअघि नेपालले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

समूह एमा रहेको नेपाल एकमात्र अपराजित टोली हो । समान दुई खेल खेलको हङकङ २ खेलमा एकमा हार र एकमा जितसँगै २ अंकका साथ चौथो स्थानमा छ ।