
काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।
राप्रपाको मधुवन नगरपालिकाका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
डाँगीलाई आज पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गरिने राप्रपाले जनाएको छ । श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित डाँगीको प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
गणतन्त्र र धर्म निरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा गत चैत्र २७ गते गरेको प्रदर्शनका क्रममा घाइते भएपछि तत्काल अस्तपताल लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्