
काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।
सोमबार उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जन्मदर्ताका लागि दिएको निवेदनको प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ लाई बालिग ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्