१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साइप्रासले सिरियालीलाई शरणार्थीको मान्यता नदिने


286
Shares

एजेन्सी । साइप्रासले शरण लिन पुगेका सिरियालीलाई शरणार्थीको मान्यता नदिने घोषणा गरेको छ । द्वन्द्वका कारण बिस्थापित भएका हजारौंको संख्यामा सिरियाली नागरिकहरु साइप्रस आउने क्रम जारी रहेकाले साइप्रसले उनीहरूको शरण आवेदनको प्रक्रियालाई स्थगन गरेको घोषणा गरेको हो ।

मध्यपूर्वमा गहिरो तनावका बीचमा यस महिना मात्रै लेबनानबाट डुंगा मार्फत एक हजारभन्दा बढी व्यक्ति साइप्रसमा शरण लिन पुगेका थिए । साइप्रसको यो निर्णयले साइप्रसमा शरण लिन पुगेका हजारौं नागरिकहरुको जीवन रक्षा अन्यौलमा परेको छ ।

यसैबीच साइप्रसले युरोपियन युनियन साझेदारहरूलाई युद्धग्रस्त सिरियाको स्थितिमा पुनर्विचार गर्न आग्रह गरेको छ । साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिड्सले आफनो देशमा शरण लिन पुगको सिरियाली शरणार्थीहरुको संख्या दिनपरदिन बढ्दै गएको भन्दै मान्यता दिन आफुहरु असक्षम भएको बताउनु भएको छ । सिरियामा बषौंदेखि जारी द्धन्द्धका कारण हजारौंको मृत्यु भइसकेको छ ।