
काठमाडौ । काठमाडौ महानगरपालिकाले सडकपेटी लगायत सार्वजनिक स्थानमा जथाभावी निर्माण सामग्री छोड्नेलाई कारवाही गर्ने भएको छ ।
महानगर उपप्रमुख सुनिता डंगोलले निर्माण सामग्री छाड्नाले आवागमन, शहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि कारवाहीको निर्णय लिएको जानकारी दिनुभयो ।
यो नियम बुधबारबाट लागु हुने महानगरले जनाएको छ । सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा बिभिन्न प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि निर्माण गर्ने व्यक्ति, निजी क्षेत्र, संघसंस्था र जुनसुकै निकायले महानगरबाट स्वीकृति लिनुपर्ने नियम पनि लागु गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्