
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाप्रति आफ्नो देशको प्रतिवद्धता दोहो¥याउनुभएको छ ।
ह्वाइट हाउसको ओभल अफिसमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीसँगको भेटमा बाइडेनले यस्तो बताउनुभएको थियो ।
राष्ट्रपति बाइडेनले द्वन्द्वलाई थप फैलिन नदिने आवश्यकतालाई जोड दिनुभयो । उहाँले युद्धविरामका लागि प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
इरानले शनिवार इजरायलविरूद्ध ठूलो आक्रमण गरेपछि बाइडेनको यो पहिलो सार्वजनिक टिप्पणी हो । बाइडेन प्रशासनले इरानी आक्रमण र सम्भावित इजरायली सैन्य प्रतिक्रियाले अन्यथा निम्त्याउने फराकिलो क्षेत्रीय युद्धलाई रोक्न कोशिस गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्