
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुँत्ताको भरमा आफू अघि बढ्दै आएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालका कारण राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी पाएको चर्चा भईरहँदा उहाँले अहिलेसम्म गरेको सबै आफ्नै बलबुत्ताले भएको जिकिर गर्नुभएको हो ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गरेको र आजसम्मसँगै काम गरेको पनि दोहो¥याउनुभयो । प्रधानमन्त्री दाहाललाई आफूले कुनैपनि राजनीतिक गतिविधिमा नछाडेपनि उहाँकै निगाहामा आफूलाई राष्ट्रिय सभाका अध्यक्ष बनाएको भन्ने टिप्पणी आफू वाक्क भएको प्रतिक्रिया समेत दिनुभयो । अध्यक्ष दाहालले आफूले राष्ट्रिय सभाको नेतृत्वमा रहेर कुनैपनि नराम्रो काम नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । त्यस अवसरमा उहाँले आफ्नो एक महिने कार्यकाल भने सुखद् रहेको दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्