२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उद्योगको क्षेत्रमा योगदान बढाउन लाग्नुपर्ने समय आएको छ : मन्त्री भण्डारी


78
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिमार्फत समृद्ध नेपाल निर्माणमा मन्त्रालय उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिवद्ध भइ लाग्नुपर्ने समय आएको बताउनुभएको छ ।

मंगलबार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

मन्त्री भण्डारीले संघीयता अनुकुलका नीतिगत कानूनी एवं संस्थागत व्यवस्था गर्दै तीन तहको संघीयता शासन प्रणालीमा उद्योग तथा व्यापार क्षेत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न सरकार क्रियाशिल रहेको बताउनुभयो । उहाँले सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको र वैदेशिक लगानीलाई आकर्षित गर्न सरकारले करिब एक दर्जन ऐनको परिमार्जन गर्ने कार्य अन्तिम चरणमा पु¥याएको बताउनुभयो ।

मन्त्री भण्डारीले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै दुई पक्षिय लगानी प्रवद्र्धनका लागि सरकारले हालै पिआइआईको नमूना ढाँचा स्वीकृत गरेको बताउनुभयो । इ कमर्स, डिजिटल व्यापार तथा सूचना प्रविधिको उच्चतम प्रयोगसहित आर्थिक गतिविधिलाई लागतप्रभावी, प्रतिष्पर्धी र सहज बनाउन सरकारले उच्च महत्व दिएको दाबी गर्नुभयो ।

मन्त्री भण्डारीले नेपालका हिमाल, पहाड र तराईको प्राकृतिक साधन, खानी तथा खनिजजन्य श्रोतको उपयोग गर्न अब ढिलाइ गर्ने छुट नरहेको बताउनुभयो । उहाँले कच्चा पदार्थ, सीप तथा कौशलताको प्रयोग गर्दै विदेशी लगानीको प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणको वातावरण विकास गरी विभिन्न वस्तु तथा सेवाको मूल्य श्रृंखला विकास गर्नु आजको अनिवार्य आवश्यकता भएको बताउनुभयो ।