
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरेको हो ।
लोसपाले सरकार छोड्ने निर्णय गरेसँगै प्रदेश सरकारका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिनुभएको छ । १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ सांसद छन् । त्यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका एक–एक र एक स्वतन्त्र सांसद छन् ।
मधेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्