
काठमाडौं । आज रामनवमी पर्व । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो पर्व मनाइने गरिएको हो । भगवान श्रीरामले रावणलगायतका आसुरी शक्तिमाथि विजय प्राप्त गरेको पुराणहरुमा उल्लेख छ ।
देशभरका विभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नान गरि व्रत बसेर रामगीता पाठ गर्ने चलन छ । यसैबीच, जनकपुरमा राम नवमीको अवसरमा जानकी मन्दिरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
यस दिन जनकपुरको प्रसिद्ध दूधमति नदीमा नुहाएर रामजानकी मन्दिरमा पूजापाठ गरेमा मनकामना पुरा जनविश्वास छ । राम नवमीका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुर आएका छन् ।
राम नवमीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्