
काठमाडौं । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि आज जिल्लामा मतपत्र पठाइने भएको छ ।
मतपत्र छपाइको काम सकिएकाले आज जिल्ला पठाइने निर्वाचन आयोगले जनाएको छ । नमुना मतपत्र आयोगको वेबसाइटमा राखिएको छ ।
प्रतिनिधिसभा अन्तर्गत इलाम–२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ (क)का लागि ६८ हजार मतपत्र छापिएको आयोगले जनाएको छ ।
इलाम–२ मा १९ उम्मेदवार र एक लाख १५ हजार ८९ मतदाता रहेका छन् । यस्तै बझाङ–१ (क) मा ११ उम्मेदवार रहेका छन् भने ६१ हजार ७४ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्