१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाटनमा महालक्ष्मी जात्रा


0
Shares

काठमाडौं । पाटनमा ऐतिहासिक शक्तिको स्वरुप महालक्ष्मी जात्रा भएको छ ।

ललितपुरको महालक्ष्मी मन्दिरबाट महालक्ष्मीको मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर खटमा राखेर नगर परिक्रमा गराइएको हो ।

महालक्ष्मी मन्दिरबाट शुरु भएको खट जात्रा नगर परिक्रमा गरि कायगुननीमा पुर्याएको थियो । सांस्कृतिक बाजागाजाका साथ मनाइने जात्रा विगतमा राति गर्ने परम्परा रहेको थियो । विभिन्न कारणले ३४ वर्ष बन्द भएको जात्रा गत वर्ष पुनः संचालनमा आएको हो ।

कायगुननी मंका खलःको आयोजनामा ललितपुर महानगरपालिकाको सहयोगमा विभिन्न संघ संस्था रहेको महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदलले महालक्ष्मी जात्रा पुन शुरु गरेको हो ।