
काठमाडौं । आज र भोलि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ ।
आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ ।
भिटामिन ए क्याप्सुल ३२ लाख र जुकाको औषधि करिव २९ लाख बालबालिकालाई खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भिटामिन ए कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुने बताइएको छ ।
सरकारले बालबालिकालाई २०५० सालदेखि भिटामिन ए खुवाउँदै आएको छ भने २०५६ सालदेखि जुकाको औषधि पनि नियमित रुपमा खुवाउन थालेको हो ।
प्रतिक्रिया दिनुहोस्