
एजेन्सी । आफ्नो घर फर्कन उत्सुक बिस्थापित प्यालेस्टाइनीहरूले सबै प्रकारका जोखिमहरूको बावजुद उत्तरी गाजा पट्टीमा फर्कने प्रयास शुरु गरेका छन् ।
उनीहरुले आफ्नो घरबाहेक आफूसँग केही नभएको भन्दै घर फर्किनुको विकल्प नरहेको बताएका छन् । उनीहरुले आफूलाई सहज रुपले हिँड्न पनि कठिन रहेको बताए । उत्तरी गाजा पट्टीमा फर्कन अनुमति दिइएकाले आफू घर फर्किन लागेको उनीहरुको भनाइ छ ।
धेरै मानिसहरूले इजरायली सेनाबाट महिला र १४ वर्षसम्मका बालबालिकाहरू फर्कन सक्ने पत्रहरू प्राप्त गरेपछि उत्तरमा आफ्नो घर फर्कन लागेको बताएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले मङ्गलबार गरेको घोषणा अनुसार गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३३ हजार ८४३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्