
काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मन्त्रालयको बाँडफाँटमा सहमति जुटेको छ । बिहीबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलहरुकोे बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याएको हो ।
लुम्बिनी प्रदेश सरकारमा अब एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक–एक मन्त्रालय लिनेगरी सहमति भएको बताइएको छ ।
मन्त्रालय बाँडफाँट टुंगिएसँगै मुख्यमन्त्री महराले आज मन्त्रीहरू नियुक्त गरि शपथ ग्रहण गराउने र आज नै सरकारलाई पूर्णता दिने तयारीमा रहनुभएको जनाइएको छ ।
बुधबार ६ विषयगत समिति र विशेषाधिकार समिति गरी ७ वटा समितिमा ७ जनाको मात्र उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत रूपमा नेतृत्व छानिएको हो ।
प्रतिक्रिया दिनुहोस्