
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी गर्नु भएको छ ।
सत्ता गठबन्धनको नेकपा एमाले समेतले समर्थन गर्ने भएपछि सोडारीले प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि दाबी पेस गर्नु भएको हो ।
सुदूरपश्चिमका प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय सकिनु अघि सोडारीले आफूलाई मूख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश गर्नुभएको हो । उहाँलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्ष र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
सोडारीलाई मूख्यमन्त्री बनाउन एमालेले अनिच्छा देखाएकोमा कांग्रेस सोडारीको समर्थन उभिने भएपछि एमाले समर्थन गर्न बाध्य भएको हो । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले भने समर्थन गरेका छैनन् ।
सत्ता गठबन्धन र एक जना स्वतन्त्र सांसद गरी सोडारीको पक्षमा आवश्यक २७ जना सांसद पुग्ने दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्