
काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्षका दुई सांसद र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारी मूख्यमन्त्री नियुक्त हुनुभएको हो ।
प्रदेश प्रमुख नजिर मियाँले आज अपरान्ह संविधानको धारा १६८ (२) अनुसार सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
सोडारीको पक्षमा माओवादीका १०, एमालेका १०, एकीकृत समाजवादीको चार, नागिरक उन्मुक्ति पार्टीको रञ्जिता पक्षको २ र स्वतन्त्र सांसद तारा जोशी गरी २७ जनाको समर्थन रहेको छ । ५३ सदस्यीय प्रदेशसभामा यो ठिक्क बहुमत हो ।
सोडारीले नागरिक उन्मुक्ति पार्टीका सातै जना सांसदको आफूलाई समर्थन रहेको दाबी पेश गरे पनि रेशम चौधरी पक्षका पाँचजना सांसदले समर्थन नरहेको पत्र प्रदेश प्रमुख समक्ष बुझाएका छन् । सुदूरपश्चिमका प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपरान्ह पाँच बजे सकिंदै थियो ।
प्रतिक्रिया दिनुहोस्