१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै


1.404k
Shares

काठमाडौं । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ ।

दुई देश बीचको खेल बिहान सवा १२ बजेबाट शुरु हुनेछ । आज नै ओमान र हङकङबीच अर्को सेमिफाइनल खेल पनि हुँदैछ । सेमिफाइनलमा विजयी टोलीबीच आइतवार फाइनल हुनेछ । फाइनल विजयी टोलीले एशिया कप टि २० क्रिकेटमा भाग लिन पाउनेछ ।

नेपाल रहेको समूह एमा चार वटै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बिको दोस्रो स्थान हाँसिल गर्दै सेमिफाइनल प्रवेश गरेको हो । समूह बीमा ओमान चार वटै खेल जितेर समूह विजेता बनेको थियो ।