
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र युएई भिडिरहेका छन् ।
ओमानको अल इमारतमा जारी खेलमा युएई नेपालले दिएको १२० रनको लक्ष्य पच्छ्याइरहेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोडेको हो । नेपालकालागि सन्दीपले सर्वाधिक ५० रन बनाए । गुल्शनकुमार झाले २० र करण केसी १७ रन बनाए । अन्यले दोहोरो रन जोड्न सकेनन् ।
आजै हुने अर्को सेमिफाइनलमा आयोजक ओमानले हङकङसँग खेल्नेछ । नेपाल समुह विजेतको रुपमा सेमिफाइनलमा पुगेको हो भने युएई अर्को समुहको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित रह्यो ।
समुहका चार खेलमा नेपालले साउदी अरेबिया, मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो । यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा छनौट हुनेछ भने शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् । एसिया कप क्रिकेटको उक्त संस्करण टी–ट्वेन्टी ढाँचामा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्