२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशी प्रदेशसभाबाट विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारित


416
Shares

काठमाडौं । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ ।

ध्वनी मतले पारित गरिएको संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको जानकारी सभामुख अम्बरबहादुर बिष्टले दिनुभएको छ ।

संकल्प प्रस्तावको विपक्षमा रहेका सांसदहरू मत गणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ मत देखिएको सभामुख विष्टले जानकारी दिनुभएको हो ।

संकल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नुको औचित्य सकिएको भन्दै विशेष अधिवेशन अन्त्य समेत गरिएको छ ।