१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सेतो मच्छिन्द्रनाथको रथ लगन चोकमा


299
Shares

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथलाई शुक्रबार लगन चोकमा परिक्रमा गराईको छ ।

चोकमामा रहेको सो मच्छिन्द्रनाथकी आमा मानिने माँ सिमा रुखको परिक्रमा गराईएको थियो ।

हरेक वर्ष चैत्रशुक्ल अष्टमीको दिन शुरु हुने रथजात्रा गत मंगलवार जमलबाट शुरु भएको हो ।

सेतो मन्छिन्द्रनाथलाई विभिन्न समुदायले आ–आफ्नै विधि अनुसार पूजा आराधना गर्ने गर्दछन् । शैव समुदायले शिव तथा शाक्त समुदायले शक्तिको रुपमा पूजा गर्ने सेतो मच्छिन्द्रनाथलाई बज्रयानी तथा महायानी बौद्ध समुदायले वोधीसत्वको रुपमा पूजा गर्ने गर्दछन् ।

जात्रासँगै लगन टोलबासीले आज भोज गर्ने र आफन्तलाई घर बोलाई खुवाउने चलन छ ।