२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025

एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काम गर्न वरिष्ठ नेता पोखरेलको निर्देशन

390
Shares

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

आइतवार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्‍याउनेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो । उहाँले नेकपा(एमाले) राष्ट्रिय शक्तिको रुपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उपाध्यक्ष पोखरेलले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताउनुभयो । उहाँले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताउनुभयो । उहाँले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरुलाई पनि सुदृढ गर्नुपर्ने बताउनुभयो ।

‘नेकपा(एमाले) आफैँ एउटा राष्ट्रिय शक्ति हो । एमालेले राष्ट्रिय शक्तिको रुपमा भुमिका खेल्दैछ । तर निर्णायक रुपमा नेकपा(एमाले)रुपी राष्ट्रिय शक्ति निर्णायक बिन्दुमा पुग्नुपर्ने आवश्यकता छ । त्यसको लागि हामीले योजनावद्ध ढंगले आफूलाई अगाडी बढाउनु जरुरी छ । एमाले मात्रै होइन, अरु कतिपय त्यस्ता राष्ट्रिय शक्तिको पंक्तिमा पर्ने पक्षहरु पनि छन् । ती सबैलाई समेटेर लिएर जानुपर्ने दायित्व एमालेको काँधमा छ । म के आग्रह गर्न चाहन्छु भने कुल मिलाएर नेकपा(एमाले) बलियो भयो भने राष्ट्रिय शक्ति निर्णायक रुपमा बलियो हुनसक्छ । एमाले कमजोर भयो भने मुलुकको राष्ट्रिय शक्ति कमजोर हुनेछ । त्यसकारणले एमालेलाई बलियो बनाउने, सुदृढ गर्ने, विचारमा स्पष्ट, संगठनमा सुदृढ, जनतामा स्थापित भएको नेतृत्व एमालेले खोजेको चिज यही हो ।’ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरु पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरुलाई नभएको बताउनुभयो । उहाँले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गर्नुभयो ।