२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा एमालेले आज ७५ औं स्थापना दिवस मनाउँदै


0
Shares

काठमाडौं । नेकपा एमालेले आज हिरक जयन्ती मनाउँदैछ । पार्टी स्थापना भएको ७५ औं वर्ष पुगेको अवसरमा एमालेले हिरक जयन्ती मनाउन लागेको हो । हिरक जयन्ती ललितपुरको गोदावरीस्थित एक विशेष समारोहबीच मनाउन लागेको एमालेले जनाएको छ ।

आज आयोजित विशेष समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ ।

यसै अवसरमा एमालेले गणतन्त्र गौरव सम्मान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रदान गर्ने भएको छ । एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज गणतन्त्र गौरव सम्मान अर्पण गर्ने निर्णय गरेको हो ।

यसैबीच एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आइतबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दुई दिन आयोजना गरिएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको हो ।