२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ओली


338
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संंघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सवलीकरणमा एकतावद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिन मिल्ने अवस्था रहेको पनि बताउनुभयो । उहाँले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभयो । उहाँले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिवी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताउनुभयो ।

‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं । अहिले सहकार्यको माध्यमबाट अगाडि बढ्छौ । र क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं । त्यस बिन्दुमा पुग्न सक्छौं । तर अहिलेनै एकीकरण गरौ, देशभरीका सबै मिलौं भन्ने हो भने फुटेका किन थियौं ? के भएर फुटेका थियौ ? यस्ता प्रश्नहरु उठ्छन् । अहिले सहमति, सहकार्य । सहकार्यका निम्ति सहमतिबाट जाऔं । अर्को कुरा के हो भने अहिले यतिबेला ठयाक्कै वामपन्थीहरु मिलेर मात्रै अगाडि बढ्ने अवस्था होइन । देशभक्त शक्तिहरु राष्ट्रिय शक्तिको रुपमा जसले काम गर्न मञ्जुर गर्छ, त्यस्ता शक्तिहरु, देशको पक्षमा, सार्वभौमसत्ताको पक्षमा, देशको स्वाधिनताको पक्षमा, स्वतन्त्रताको पक्षमा भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रिय हितहरुको पक्षमा र राष्ट्रिय स्वाभिमानको पक्षमा हुने मानिसहरु । भ्रष्टचार नगर्ने र भ्रष्टाचार हुन नदिने, भ्रष्टाचार नियन्त्रणको पक्षमा हुने व्यक्ति र शक्तिहरु । त्यसै गरेर विकासलाई अघि बढाउनु पर्छ । समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्छ, अनेक प्रकारका साम्प्रदायिक विद्वेष भड्काउने खालका, देशको विविधतालाई दुरुपयोग गर्ने खालका हाम्रा भाषा, जातजातिका संस्कृतिहरुको सम्मान गर्न छोडेर तिनका बीचमा अविश्वास बढाउने, त्यस्ता खालको क्रियाकलाप ग¥यो भने देश बिथोलिन्छ । देशमा अनेकता हुन्छ । देशमा एकता भएर राष्ट्र निर्माण गर्ने अभियानलाई यसले कुठाराघात गर्छ त्यसले । त्यसकारण त्यस्तो नगर्ने राष्ट्रिय एकताको पक्षमा रहेका यस्ता शक्तिहरु मिलेर अगाडि बढ्न सकिन्छ ।’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले एमालेले नाजायज ढंगले कुनैपनि खालको अडान नराख्ने जिकिरसमेत गर्नुभयो । उहाँले तत्काल वामपन्थीहरु एकता हुने अवस्था नरहेको पनि दोहो¥याउनु भयो ।