२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कतारसँग विभिन्न सम्झौता हुने तयारी


1.768k
Shares

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको आज हुने नेपालको दुई दिने भ्रमणका क्रममा दुई देशबिच विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

अल थानीको ८० सदस्यीय प्रतिनिधिमण्डलमा १० जना मन्त्रीहरु रहनेछन् । दुई देशबीच कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारीपत्र, सांस्कृतिक क्षेत्रमा एक–आपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र, युवा तथा खेलकुदसम्बन्धी समझदारी, छापा तथा सूचना सम्बन्धी पोर्टोकल, विकास साझेदारी सम्बन्धी समझदारी, संशोधित श्रम सम्झौता लगायतका समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

यस्तै, घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि दुई देशबीच सम्झौता हुनेछ । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने विश्वास लिइएको छ ।