२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कतारका राजा नेपालमा


3.484k
Shares

काठमाडौं । कतारका राजा (अमिर) तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ ।

राजा थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो नेपाल आइपुग्नुभएको हो ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । राजा थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका मन्त्रीहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

राजा थानीलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । उहाँले आजै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्ने जनाइएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुनेछ ।