२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कतारका राजा थानी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता


0
Shares

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहनुभएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणमा मंगलबार नेपाल आउनुभएका राजा थानी बुधबार स्वदेश फर्किनुभएको हो ।

नेपालमा दुई दिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किन लाग्नुभएका उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभयो ।

राजा थानीलाई बिदाई गर्न राष्ट्रपति पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । उहाँको बिदाई गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत मन्त्रीहरु पनि विमानस्थलमा पुगेका थिए ।

राजा थानीले नेपालमा रहँदा मंगलवार साँझ राष्ट्रपति रामचन्द्र पौडेल र बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।