७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छ : मन्त्री चौधरी


78
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले व्यापार व्यवसायमा महिलाहरुको सहभागिता बढाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बुधबार काठमाडौंमा आयोजना गरेको हिमालयन हाईड्रो एक्स्पोमा बोल्दै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

मन्त्री चौधरीले व्यापार व्यवसायमा महिलाहरुको संख्या न्युन रहेकाले उनीहरुको संख्या वृद्धि गर्ने कुरामा लाग्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई हतोत्साही नहुने गरी अघि बढाउन आफनो मन्त्रालयले सक्दो पहल गर्ने बताउनुभयो । मन्त्री चौधरीले महिलामैंत्री बजेट बनाउनका लागि आफूले अन्तर मन्त्रालयहरुबीच छलफल गरेको पनि स्मरण गराउनु भयो । उहाँले महिलामैंत्री बजेटको व्यवस्था गर्न अन्य मन्त्रालयलाई आग्रह गर्नुभयो ।

मन्त्री चौधरीले महिलाहरुलाई व्यापार व्यवसायमा आउनका लागि आवश्यक वातावरण बनाउनका लागि ऐन, कानून संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।