५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्याय : ईश्वर पोखरेल


156
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले स्व. नेता अधिकारी अनेक उत्तारचढावहरु भएपनि कहिले पनि खण्डित नभएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले शासन सत्तामा रहँदा मात्रै नभइ स्व. नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहनुभएको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनैपनि अतिवादमामा स्व. अधिकारी नरहनुभएको बताउनुभयो । उहाँले स्वभाव र विचारमा नरम देखिएपनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा रहनुभएको बताउनुभयो । उहाँले अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक बताउनुभयो ।

‘मनमोहन अधिकारीलाई हामीले कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा पनि बुझ्नुपर्दछ । उहाँ अनेक उत्तारचढावहरु भए तर कहिले पनि खण्डित हुनु भएन । कहिले पनि विश्रृंखलित हुनु भएन । उहाँ कम्युनिष्ट आन्दोलनभित्रको निरन्तरताको पर्यायको रुमपा रहनुभएको छ । उहाँ शासन सत्तामा रहँदा मात्रै होइन, अत्यन्त प्रतिकुल अवस्थामा समेत पनि रहनुभयो । त्यसकारले हामी मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको अर्को नामका रुपमा लिने गर्दछौँ । ’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व. मनमोहन अधिकारी भूराजनीतिक संवेदनशिलताप्रति गम्भीर रहनुभएको बताउनुभयो ।