२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


शेयर बजारमा सामान्य गिरावट


0
Shares

काठमाडौं । बुधबार नगन्य अंकले मात्र हरियो रहेको शेयर बजार बिहीबार पुनः सामान्य अंकले रातो रह्यो ।

उतारचढावबीच बजार परिसूचक नेप्से ३ अंक बढीले ऋणात्मक रही १९ सय ६५ कायम भएर थामियो । बिहीबार पटक पटक नेप्से सकारात्मक रहेर नेप्से १९ सय ७५ सम्म पुगेपनि वृृद्धि अन्तिमसम्म टिक्न नसकेको हो । बिहीबार आठ वटा समूह ओरालो लाग्दा ५ वटा उकालो लागे । वित्त, बीमा, सामूहिक लगानी कोष र व्यापार समूह सकारात्मक रहँदा बाँकी ऋणात्मक रहेका हुन् । वित्त समूहमा ३ प्रतिशतमाथिको वृद्धि आयो ।

उत्पादनमूलक समूह करिब १ प्रतिशतले ओरालो लाग्दा बाँकी सामान्य अंकले ऋणात्मक रहेका हुन् । बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ३ कम्पनीको ६३ लाख बढी कित्ता शेयर २ अर्ब ३७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बिहीबार १ सय ४९ कम्पनीको मूल्य घट्दा ८८ को बढ्यो । बिहीबार मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले १० प्रतिशत कमाउँदा पोखरा फाइनान्सको शेयर मूूल्य पनि ८ प्रतिशत बराबरले बढ्यो ।