
काठमाडौं । ब्राइटनलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।
बिहीबार राति ब्राइटनको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटी ४–० ले विजयी भयो । सिटीका लागि फिल फोडेनले दुई गोल गर्दा केभिन डे ब्रायन र जुलियन अल्भारेजले एक एक गोल गरे ।
जितसँगै म्यान्चेस्टर सिटी ३३ खेलबाट ७६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा रहेको छ । ७४ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्