
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
बैठक शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्