७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चुनाव जित्नेमा विश्वस्त छु : नेम्वाङ


0
Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन शुरु भएको छ ।

बिहान ७ बजेबाट मतदान शुरु भएको हो ।

इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहनुभएका सुहाङ नेम्वाङले मतदान गर्नुभयो । जिल्लामा शान्तिपूर्ण मतदान जारी रहेको बताइएको छ ।

मतदान गरिसकेपछि बोल्दै नेकपा एमालेका उम्मेदवार नेम्वाङले उत्साहको महशुस भइरहेको बताउनुभयो । उहाँले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताउनुभयो । उहाँले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताउनुभयो । घरदैलो कार्यक्रममा मतदाताहरुले देखाउनुभएको मायाले जित्ने मँ विश्वस्त रहेको बताउनुभयो ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।