१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


विद्यार्थीलाई परीक्षामा फेल गराउने धम्की दिएको भर्दै केयूका प्राध्यापकप्रति अनेरास्ववियूको घोर भ्रषणा


1.898k
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का प्राध्यापकहरुले परीक्षामा विद्यार्थीलाई फेल गराउने धम्की दिएको भन्दै अनेरास्ववियू घोर भ्रषणा गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) काठमाडौं विश्वविद्यालय क्याम्पस कमिटीले प्राध्यापकहरुबाट धम्कीपूर्ण व्यावहार र केही विद्यार्थीलाई परीक्षामा फेल गराउने धम्की दिएको आरोप लगाएको हो ।

शुक्रबार एक विज्ञप्ति मार्फत अनेरास्ववियू काठमाडौं विश्वविद्यालय कमिटीका कार्यवाहक अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिनुभएको हो । उहाँले यसको घोर विरोध गर्दै यस्ता कार्य तत्काल बन्द गर्न माग गर्नुभएको छ ।

नेपालको संविधानले व्यवस्था गरेको स्वतन्त्र रूपमा भेला हुने, संघ संस्था खोल्न पाउने, विचार र अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हकको हनन गर्ने अधिकार कसैलाई पनि छैन र यही नागरिक स्वतन्त्रताका लागि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको कमिटीको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियू काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई असर पर्ने गरी विद्यार्थीलाई धम्कीपूर्ण भाषाको प्रयोग गर्ने र प्रतिशोधका निम्ति विद्यार्थी संगठनलाई बदनाम गर्न उद्धत प्राध्यापकहरूको निन्दनीय कार्य बीचमा उत्रन बाध्य भएको छ, विश्वविद्यालयमा लामो समयदेखि अनेरास्ववियूका विद्यार्थीलाई धम्कीपूर्ण व्यवहार र केही विद्यार्थीलाई परीक्षामा फेल गर्ने धम्कीसमेत प्राध्यापकहरूबाट दिएको पाइएको छ।’

केही प्राध्यापक विश्वविद्यालय शिक्षालाई मुनाफाको वस्तु बनाउन खोज्ने र आफ्नो सम्पूर्ण समय ठेक्काप‌ट्टामा बिताउने प्राध्यापकरूपी शैक्षिक माफियाहरूको सल्लाह र अस्वाभाविक चलखेल खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ।

‘विश्वविद्यालयका पछिल्लो समय खोलिएका केही स्थानमा विना विज्ञापन‚ सूचना मान्छे भक्ति गर्ने र त्यहाँ भर्ती गरिएका मान्छेमार्फत विद्यार्थीलाई धम्की दिने र अनेरास्ववियूलाई बदनाम गर्ने गरेको पाइएको छ यस्ता कार्य तत्काल बन्द गरियोस्, अन्यथा धैर्यताको समय सकिएकाले कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।